मिलिजुली बलिया घर बनाउँदै छन् रसुवाका भूकम्पपीडित

Please find the news of Employment Fund Reconstruction Skills of Rasuwa Cluster in on line news portal “Setopati.com”. 

Rasuwa_News

लाक्पा देवाङ तामाङ ३४ वर्षका भए, काठमाडौंमा निर्माण क्षेत्रमा मजदुरी गरेर गुजारा चलाउँदै आएका उनी २०७२ सालको भूकम्पपछि आफ्नै घर अर्थात् पार्वतीकुण्ड रसुवामा पुगे। उनी त्यहाँ पुग्दा उनको घरमात्र होइन ७२ घरधुरी भएको गाउँ नै भग्नावशेषमा रुपान्तरण भइसकेको थियो।

आफैं पनि निर्माण क्षेत्रमा काम गरिरहेका तामाङलाई आफ्नो घर आफै बनाउन सक्छु भन्ने त लागेको थियो तर उनी सरकारी निकायको परामर्श र सल्लाह बिना बनाउँदा पाउनु पर्ने अनुदानबाट बन्चित हुन सक्नेतर्फ सचेत रहे। यस्तैमा उनले भूकम्प प्रतिरोधी घर कसरी बनाउने भन्ने तालिममा सहभागी भए।

उक्त तालिमपछि उनले आफ्नो मात्र होइन अरुसँग मिलेर वा पर्म गरेर घर बनाए। गाउँ पुननिर्माणमा सरिक भए। यतिमात्र होइन उनी अब दक्ष डकर्मी पनि बनेका छन्। यसले आगामी दिनमा रोजगारमा सहयोग पुग्ने उनको विश्वास छ।

‘मलाई यसअघि पनि सामान्य डकर्मीको काम आउँथ्यो तर भूकम्प प्रतिरोधी र आधुनिक सीप शैली भने थाहा थिएन’ उनले भने, ‘यो तालिमपछि मैले आफ्नो घर पाउने मात्र होइन रोजगारीमा पनि आफूलाई दक्ष डकर्मीको रूपमा पाउनेछु।’

भूकम्प गएको दुईवर्ष बितिसक्दा पनि रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको विकट गाउँमा पीडितहरु टहरामै बसिरहेका थिए। उक्त ठाउँमा हेल्भेटासको रोजगार कोषले पुर्ननिर्माणको लागि तालिम अभियान चलायो। यो अभियानबाट मिलीजुली गाउँ नै बास निर्माणमा जुटेको छ।

दश जनाको समूह बनाएर दिइने त्यस्तो तालिममा सहभागीलाई ५० दिनको डकर्मी तालिम दिइन्छ र उक्त समूह मध्येका दुई जनाको घर त्यही क्रममा निर्माण पनि हुन्छ। त्यसरी निर्माण भएको घर सहरी विकास तथा भवन निर्माण विभाग तथा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिकहरुको अनुगमन हुने भएकोले सरकारी अनुदान पनि सजिलै पाउने छन्।

तालिमको क्रममा र तालिमपछि एक आपसमा सहयोग आदानप्रदान गरेर घर निर्माण गरिरहेको स्थानीयको भनाइ छ। यदि बाहिरबाट डकर्मी ल्याएर घर बनाएको भए सरकारले दिने अनुदानबाट मात्र घर निर्माण सम्भव नहुने तर आफैं सीप सिकेर बनाउँदा खर्च पनि थोरै लाग्ने स्थानीय शान्तप्रसाद तामाङको भनाइ छ।

‘यहाँ परम्परागत डकर्मीहरू केही संख्यामा भएपनि तिनिहरुले भूकम्प प्रतिरोधी र सरकारी मापदण्डको घर निर्माण गर्न सक्दैनथे । यस्तोमा हामीले बाहिरबाट डकर्मी ल्याएर घर बनाउन सक्ने अवस्था नै थिएन,’ । उनले भने, ‘हामी आफैंले यो सीप सिकेपछि एकआपसमा मिलेर घर बनायौं।’

बहत्तर घरधुरी भएको उक्त गाउँमा रोजगार कोषले ३० जनालाई तालिम दिएको र त्यही जनशक्तिबाट अहिले गाउँमा भूकम्प प्रतिरोधी घरहरु निर्माण भइरहेको उक्त परियोजनाका रसुवा क्लष्टर कोअर्डिनेटर सन्जिव राईले जानकारी दिए।

रसुवाका विभिन्न स्थानमा संचालित उक्त कार्यक्रममा हेल्भेटासले तालिम दिने निजी कम्पनीलाई जिम्मा दिएको छ। तालिम र त्यसपछिको रोजगारीको आधारमा त्यस्तो कम्पनीलाई भुक्तानी गर्ने नीति भएकोले रोजगारी नै मुख्य केन्द्रबिन्दु भएको राईको भनाइ छ।

‘तत्कालको लागि तालिम र पुननिर्माण मुख्य कुरा हो,’ उनले भने, ‘तर तालिमपछिको रोजगारी हाम्रो मुख्य केन्द्रविन्दु हो।’

तालिम पाएपछि एकातिर आफ्नो घर आफैं निर्माण गरेको र अर्कोतिर अन्यत्र काम गर्न जाँदा पनि पहिले भन्दा ज्याला पनि धेरै पाउने भएकोले आफू एकदम खुसी भएको स्थानीय लाक्पा देवाङ तामाङको भनाइ छ।

‘सरकारले दिएको अनुदानबाट मात्र हाम्रो घर निर्माण हुन्थ्यो वा हुन्नथ्यो त्यो आफ्नो ठाउँमा छ तर तालिम पाएपछि हामी आफैंले बलियो घर बनाएका छौं, त्यो पनि सस्तोमा’ उनले भने, ‘जिन्दगीभर काम लाग्ने सिप नै सबैभन्दा सुखद कुरा हो।’ तामाङका अनुसार अहिले उक्त गाउँमा अब २० वटा घर मात्र बन्न बाँकी छन्।

भूकम्प प्रतिरोधी घर बनाउने दक्ष कामदारको अभावमा जताततै समयमै निर्माण सम्पन्न नभएको भन्ने खबर आइरहे पनि उक्त विकट गाउँ (नेसिङ) मा भने आफैं मिलेर भूकम्प प्रतिरोधी बलियो आवास बनाइरहेका छन्।

Please follow and like us:

About Employment Fund

Employment Fund is working for providing poors as free skills training on earthquake resilient houses for their income generation in earthquake affected districts of Nepal

Check Also

photo_dec

Photo of the week (4th week of November 2017)

Employment Fund technical team inspecting during training house of trainee Lal Kumar Gole in Kulekhani -1, ...

Implemented By

Financed By

In Cooperation With